यी हुन् ओलीका नयाँ मन्त्रीहरू, थापाकी पत्नी पनि मन्त्री, महेश बस्नेतको नाम गायब
काठमाडौं । कामचलाउ कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।
ओलीले बिहीबार ७ मन्त्री र एक राज्य मन्त्रीसहित मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन ।
चार बजे ओलीले नयाँ मन्त्रीहरूलाई शीतल निवासमा शपथ गराउनेछन् ।
मन्त्री हुनेहरूमा खगराज अधिकारी, मोहन बानियाँ, नैनकला थापा, ज्वालाकुमारी शाह, गणेश पहाडी, नारदमुनी राना, राजकिशोर यादव र एक राज्यमन्त्री आशा विक छन् ।
ओलीले गृहमा खगराज अधिकारी, सूचना तथा सञ्चार प्रविधिमा नैनकला थापा, वनमा नारदमुनि राना, कृषिमा ज्वालाकुमारी शाह, उद्योगमा जनता समाजवादी पार्टी नेपाल (जसपा)का राजकिशोर यादव, सामान्य प्रशासनमा गणेश पहाडी, प्रधामन्त्री कार्यालयमा रहने गरी मोहन बाँनियालाई समेत मन्त्री बनाउन लागेका छन् ।
ओलीले वन राज्य मन्त्रीमा आशा विकको नाम अगाडि सारेका छन् । ओलीले रक्षा मन्त्रालय आफैंले राख्नेछन् ।
प्रधानमन्त्रीले यसअघि २५ जेठमा मन्त्रिपरिषद् पुर्नगठन गरेका थिए ।
सञ्चारमन्त्री बन्न लागेकी नैनकला थापा पूर्वगृहमन्त्री रामबहादुर थापाकी पत्नी हुन् ।
सांसदहरू अपहरण गरेको आरोप खेप्दै आएका महेश बस्नेतको नाम मन्त्री बन्ने सूचीमा छैन । बस्नेतले गृह मन्त्री बन्छु भनेर सार्वजनिक रुपमा अभिव्यक्ति दिँदै आएका थिए । मन्त्री बन्ने सूचीमा बस्नेतको नाम नभएपछि जिल परेका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया