सांसद उठाएको आरोप लागेका महेश बस्नेतको अर्को उत्पात, आफैले गरे यस्तो खुलासा
काठमाडौं । एमालेका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद महेश बस्नेतले प्रधानमन्त्री खड्गप्रसाद ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको बचाउ गर्दै सरकार फेरि पनि ओलीले नै बनाउने दाबी गरेका छन् ।
बिहीबार मध्यराति फेसबुकमा लामो स्टाटस लेखेर एमालेका नेता बस्नेतले ओलीले गोल हाल्ने दाबी गरे । उनले प्रधानमन्त्री ओली गलहत्याउने र राष्ट्रपति भण्डारीलाई महाअभियोग लगाउने कुराको कुनै तुक नरहेको बताएका छन् ।
‘राजनीति बिचार र सिद्धान्तको मात्र विषय होइन । यो त विधि, पद्धति र प्रक्रियाको बिषय पनि हो’, उनले भने, ‘वर्तमान सरकार र प्रधानमन्त्री केपी ओलीबिरुद्ध हात धोएर लागेका विपक्षी दलहरूले संविधानको धारा ७६ को उपधारा (२) अनुसारको सरकार बनाउन निकै मरिहत्ते गरेकै हुन ।’
उनले भने, ‘एमाले फुटाउने, जसपा फुटाउने, राष्ट्रियसभामा निर्दलीय गठबन्धन बनाउने । फ्लोर क्रस गराउने, पार्टी ह्वीपविरुद्ध मतदान गराउन लगाउने जस्ता अनेक अलोकतान्त्रिक हरकत देखाएकै छन् ।’
‘यस्तो हर्कतको परिकल्पना र निर्माण माओवादी र निर्देशन कांग्रेसले गरेको कुरा घाम जतिकै छर्लङ्ग छ’, नेता बस्नेतले भने, ‘च्याखे दाउमा चिठ्ठा पर्छकी भनेर त्यो अलोकतान्त्रिक हर्कत र अभ्यासमा डा.बाबुराम भट्टराई र उपेन्द्र यादव घुँडा धसेरै लागेका छन् भने भित्रभित्रै माधव नेपालले पनि आशीर्वाद दिएकै छन् ।’
उनले भने, ‘आजको परिवेशमा बनेको धारा ७६ को उपधारा (३) को सरकारले विश्वासको मत पाउने स्थिति नदेखिएपछि सरकारको सिफारिसमा मार्ग प्रसस्त गर्ने र राष्ट्रिपति ज्यू मार्फत ७६ को उपधारा (५) को सरकारको लागि आव्हान भएको छ ।’
‘यो स्वभाविक संवैधानिक प्रक्रिया हो’, उनले भने, ‘यो प्रक्रियामा बहुमत पुराउन सक्ने हैसियत नभएका केही दलहरू, केही नेता भनाउँदाहरू, अनि केही परिचालित मिडिया र केही कथित बुद्धिजीवी भनाउँदाहरू प्रधानमन्त्रीलाई गल हत्याउने र राष्ट्रपति ज्यूलाई महाअभियोग लगाउनेसम्मका गँजेडीका गफ गरिरहेका छन् ।’
‘याद होस् सक्छौ भने बहुमत पुर्याएर नयाँ सरकारको दाबी गर । हामी विपक्षीमा बस्न तयार छौं’, उनले चेतावनी दिँदै भनेका छन्, ‘नत्र भने संविधानअनुसार बन्ने बैकल्पिक सरकार र त्यसको कामलाई आलोचनात्मक समर्थन गर ।’
‘मिडिया र सोसियल मिडियाको रोइलोको किनै अर्थ छैन । लोकतान्त्रको विधि र प्रक्रिया भनेको संसदमा जस्को बहुमत पुग्छ उसैको सरकार बनाउने होला नि !’, उनले भने, ‘तिम्रा रिस, कुण्ठा र आग्रहले नयाँ बिकल्प दिन सक्छ र ?’
उनले भने, ‘बहुदलीय ब्यवस्थामा खेलिने सत्ताको खेल फुटबल जस्तै हो । आफ्नो टिमले गोल हान्न खोज्दा अर्कोले रोक्ने । अर्को टिमले हान्न खोज्दा आफूले रोक्ने ।’
‘जसले गोल गर्छ सिल्ड मेडल उसैले हात पार्छ । नेपाली राजनीतिका सफल टिम लिडर केपी ओली नै हुन्’, बस्नेतले भने, ‘अझै धेरै समय विपक्षीको कोटमा गोल छिराउँदै अगाडि बड्नेछन् । सिल्ड मेडल प्राप्त गरिरहनेछन् ।’
बेलाबेला सांसद अपहरणको आरोप लागेका एमालेका नेता बस्नेतले केही दिन अगाडि भक्तपुरको डोलेश्वर रिसोर्टमा जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो समूहका १४ जना सांसदलाई लगेर मीष्ठान्न भोजन गराएका थिए । त्यही बैठकबाट बस्नेतले जसपाको संसदीय दलको नेता राजेन्द्र महतोलाई बनाएको आरोप उपेन्द्र यादवको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया