पार्टी एकीकरण हुन्छ, तत्काल प्राविधिक समस्या भयोः प्रचण्ड
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको कुनै विकल्प नरहेको बताएका छन् ।
काठमाडौं–५ बाट निर्वाचित वाम गठबन्धनका उम्मेदवार तथा एमाले महासचिव ईश्वर पोखरेलद्वारा शनिबार आयोजित चियापान कार्यक्रममा बोल्दै प्रचण्डले वाम गठबन्धनलाई जनताले अनुमोदन गरिसकेकाले पार्टी एकताको कुनै विकल्प नरहेको बताएका हुन् ।
‘हामीले पहल गरेका थियौं यसलाई जनताले अनुमोदन गरेका छन्, अब वाम गठबन्धन र पार्टी एकता जनअनुमोदित भएको छ, यसलाई अन्तिम रुप दिएर अगाडि बढ्नुको कुनै विकल्प छैन’, उनले भने ।
दाहालले प्राबिधिक कारण तत्काल पार्टी एकता गर्न अप्ठ्यारो पर्ने भएकाले पार्टी एकता संयोजन समिति बनाएर निर्वाचनमा गएको प्रष्ट पारे ।
उनले वाम गठबन्धनलाई प्राप्त चुनावी परिणाम हर्षबढाइँ गर्नुपर्ने उचित कारण भएको टिप्पणी गरे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

यसमा तपाइको मत