तरुण दल चितवनको जिल्ला अध्यक्षमा राजकुमार तामाङ मनोनयन
भरतपुर । नेपाल तरुण दल चितवनको जिल्ला अध्यक्षमा राजकुमार तामाङ मनोनयन भएका छन् ।
नेपाल तरुण दलका अध्यक्ष दिल लामाले तामाङलाई तरुण दल चितवनको अध्यक्षमा मनोनयन गरेका हुन् । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत तामाङलाई तरुण दल चितवनको जिम्मेवारी प्रदशन गरिएको छ ।
अध्यक्षमा तामाङको मनोनयनसँगै चितवन जिल्लामा नेपाल तरुण दलको संगठनलाई थप प्रभावकारी बनाउने, युवाहरूलाई संगठित गर्दै पार्टीका नीति, विचार र सिद्धान्तलाई जनस्तरसम्म पुर्याउने अपेक्षा गरिएको छ ।
नवनियुक्त अध्यक्ष तामाङले संगठनलाई एकताबद्ध बनाउँदै युवाहरूको आवाज, भावना र मुद्दालाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपाल तरुण दलले राष्ट्रियता, लोकतन्त्र, समाजवाद र तरुण एकताको मूल आदर्शलाई आत्मसात् गर्दै युवा पुस्तालाई संगठनमा जोड्ने अभियानलाई निरन्तरता दिने जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया