ओखलढुङ्गामा सबै पालिकामा देउवा पक्षीय कांग्रेसको अधिवेशन सम्पन्न

ओखलढुङ्गा । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत ओखलढुङ्गामा पालिका अधिवेशन सम्पन्न भएको छ ।

शेरबहादुर देउवा पक्षीय नेताहरूले ओखलढुङ्गाका पालिकाहरूको अविधेशन सम्पन्न गरेका हुन् ।

सिद्धिचरणा नगरपालिकाको सभापतिमा पवन श्रेष्ठ, चिसंखुगढी गाउँपालिकाको सभापतिमा डिकबहादुर कार्की, मोलुङ गाउँपालिकाको सभापतिमा केपी दाहाल, खिजीदेम्बा गाउँपालिकाको सभापतिमा पेमा निमा शेर्पा, लिखु गाउँपालिकाको सभापतिमा मीन सुवेदी, चम्पादेवी गाउँपालिकाको सभापतिमा दीपक कार्की, मानेभञ्ज्याङ गाउँपालिकाको सभापतिमा ईन्दिरा दाहाल र सुनकोशी गाउँपालिकाको सभापतिमा चुडामणि धमला सर्वसम्मत निर्वाचित भएका छन् ।

ओखलढुङ्गामा अधिवेशन सम्पन्न गर्न नेपाली कांग्रेस १५औं महाधिवेशन तयारी समितिबाट खटिएकी केन्द्रीय प्रतिनिधि गोमा केसीले प्रदेश सभा क्षेत्र नं. १ र २ को अधिवेशन सम्पन्न गरेर जिल्ला अधिवेशनको तयारी भइरहेको बताएकी छिन् ।

Published : Wednesday, 2026 October 28, 4:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया