गगनको अराजनीतिक गतिविधिलाई साथ दिए पनि चिरीबाबुले उच्च राजनैतिक संस्कार देखाउँदै देउवासँग टीका र आशीर्वाद लिए

काठमाडौं । नेपाली कांग्रेसका राजनेता शेरबहादुर देउवासँग ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरीबाबु महर्जनले दशैंको टीका, जमरा र आशीर्वाद थापेका छन् ।

शनिबार काठमाडौंको महाराजगञ्जस्थित निवासमा पुगेर नगरप्रमुख महर्जनले देउवाको हातबाट दशैंको टीका, जमरा र आशीर्वाद लिएका हुन् । देउवा र महर्जनबीच पुरानो सम्बन्ध छ ।

नगरप्रमुख महर्जन तथाकथित विशेष महाधिवेशनतिर लागेका छन् । गगन थापा नेतृत्वको कांग्रेसबाट महर्जन केन्द्रीय सदस्य समेत निर्वाचित बनेका छन् ।

गगन थापाको अबैधानिक गतिविधिलाई साथ दिए पनि ललितपुर महानगरपालिकाका नगरप्रमुख महर्जनले उच्च राजनैतिक संस्कार देखाउँदै राजनेता देउवाको हातबाट दशैंको टीका, जमरा र आशीर्वाद लिएका छन् ।

देउवा र महर्जनबीच कुनै राजनीतिक तिक्ततापूर्ण सम्वाद तथा कुराकानी भएन ।

देउवाको निजी सचिवालयका अनुसार ललितपुर महानगरपालिकाका नगरप्रमुख महर्जन दशैंको टीका, जमरा र आशीर्वाद लिन आएको र पार्टीका अन्य नेता तथा कार्यकर्ताहरूलाई सरह देउवाले सम्मान गरेको जनाएको छ ।

Published : Saturday, 2026 October 24, 7:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया