आईजीपी कार्कीद्वारा सम्मानपत्र, कदरपत्र तथा पुरस्कार वितरण
काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले ७१औं प्रहरी दिवस २०८३ का अवसरमा शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरू एवम् प्रहरीलाई सहयोग पुर्याउने विभिन्न व्यक्तिहरूलाई सम्मानपत्र, कदरपत्र तथा पुरस्कार प्रदान गरेका छन् ।
कार्कीले नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयद्वारा तयार पारिएको नेपाल प्रहरी प्रतिको सार्वजनिक धारणा सर्वेक्षण, भीड नियन्त्रणको क्रममा मानवीय तथा भौतिक क्षति कम गर्दै गैरघातक हतियार तथा उपकरणको प्रयोगको अवस्था एवम् सुधारका क्षेत्रहरू, नेपाल प्रहरीमा वित्तीय अपराध अनुसन्धानको वर्तमान अवस्था तथा सुधारका क्षेत्रहरू र प्रहरी जवानहरूको कार्यक्षेत्रमा कार्यसम्पादनको अवस्था र तालिमको प्रभावकारिता तथा ज्ञान, व्यवहारको मूल्याङ्कन सम्बन्धी अध्ययन प्रतिवेदनहरू सार्वजनिकीकरण गरेका छन् ।
उनले उत्कृष्ट कार्य गर्ने प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धिविक्रम शाह, अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक पुरूषोत्तम कँडेल, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापा र अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीलाई कदरपत्र प्रदान गरेका छन् ।
कार्कीले उत्कृष्ट अनुसन्धानकर्ताको विभिन्न विधातर्फ प्रहरी नायव उपरीक्षक सुवास भट्ट, प्रहरी नायव उपरीक्षक जीवन निरौला, प्रहरी नायव उपरीक्षक दानबहादुर थापा, प्रहरी निरीक्षक विशाल मल्ल, प्रहरी निरीक्षक गणेश पौडेल, प्रहरी निरीक्षक प्रकाश रेग्मी, प्रहरी निरीक्षक सुन्दर चौलागाई, प्रहरी नायव निरीक्षक भानबहादुर चन्द, प्रहरी नायव निरीक्षक सविना तामाङ र प्रहरी सहायक निरीक्षक सरोज मजाकोटीलाई प्रशंसापत्र प्रदान गरेका छन् ।
उनले उत्कृष्ट ट्राफिक प्रहरीतर्फ प्रहरी जवान प्रमिला कार्की, उत्कृष्ट सामुदायिक प्रहरीतर्फ प्रहरी वरिष्ठ नायव निरीक्षक होतबहादुर रोका, उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापनतर्फ प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीलाई प्रशंसापत्र प्रदान गरेका छन् ।
आईजीपी कार्कीले उत्कृष्ट विपद व्यवस्थापनको कार्य गर्ने प्रहरी उपरीक्षक विपिन रेग्मी, प्रहरी नायव उपरीक्षक अशोक थापा, प्रहरी निरीक्षक रमेश राय, प्रहरी निरीक्षक छत्रबहादुर रावत, प्रहरी नायव निरीक्षक कृष्ण प्रसाद भट्टराई, प्रहरी सहायक निरीक्षक पवन बस्नेत, प्रहरी सहायक निरीक्षक निशा खत्री, प्रहरी सहायक निरीक्षक अर्जुन पंजियार थारू, प्रहरी जवान लालबहादुर कार्की, प्रहरी जवान सुरज लुहार र प्रहरी जवान निवस राईलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका छन् ।
उनले उत्कृष्ट प्रहरी कार्यतर्फ प्रहरी नायव उपरीक्षक कौशल कुमार बुढाथोकी, उत्कृष्ट आन्तरिक प्रशिक्षकतर्फ प्रहरी निरीक्षक देवेन्द्र दास र उत्कृष्ट बाह्य प्रशिक्षकतर्फ प्रहरी सहायक निरीक्षक राजकुमार चौधरी र प्रहरी हवल्दार ललिता खवासलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका छन् ।
प्रहरी महानिरीक्षक कार्कीले उत्कृष्ट प्राविधिक प्रहरी पुरस्कारतर्फ प्राविधिक प्रहरी उपरीक्षक ई. ईश्वर थापा, प्राविधिक प्रहरी नायव उपरीक्षक डा. आज्ञा श्रेष्ठ, प्राविधिक प्रहरी नायव उपरीक्षक ई. मुकेश तिवारी, प्राविधिक प्रहरी नायव उपरीक्षक रविन भण्डारी, प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षक मान बहादुर कार्की, प्राविधिक प्रहरी नायव निरीक्षक ई. नवीन मंडल, प्राविधिक प्रहरी सहायक निरीक्षक कृष्ण सेन र प्राविधिक प्रहरी सहायक निरीक्षक भीमसेन थापालाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका छन् ।
कार्कीले उत्कृष्ट प्रहरी खेल प्रशिक्षकतर्फ प्रहरी वरिष्ठ हवल्दार चेतन घिमिरे, उत्कृष्ट प्रहरी खेलाडी पुरस्कारतर्फ प्रहरी जवान नागेश्वर अहिर, उत्कृष्ट प्रहरी विद्यालय शिक्षक पुरस्कारतर्फ नेपाल प्रहरी विद्यालय साँगा काभ्रेमा कार्यरत उद्धव कार्की एवम् उत्कृष्ट कार्य गर्ने प्रहरी हवल्दार सञ्जु महर्जन र प्रहरी जवान सुरेन्द्र अवस्थीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका छन् ।
नेपाल प्रहरी स्मारक गुठीमा आजीवन सदस्यता ग्रहण गर्ने प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबिनारायण काफ्ले लगायतका १० जना अधिकृतहरूलाई उनले कदरपत्र प्रदान गरेका छन् ।
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया