इन्द्र बानियाँ लोकप्रिय मतसहित कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित, महाधिवेशन प्रतिनिधिहरूलाई दिए धन्यवाद
काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फ केन्द्रीय सदस्य पदमा इन्द्रबहादुर बानियाँ लोकप्रिय मतसहित निर्वाचित भएका छन् ।
कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत बिहीबार सम्पन्न मत परिणाम अनुसार बानियाँ अत्याधिक लोकप्रिय मतसहित खुलातर्फ केन्द्रीय सदस्य पदमा निर्वाचित भएका हुन् । बानियाँले खुला ४५ केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका थिए ।
नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्व मुख्यमन्त्री बानियाँले आफूलाई मतदान गरेर निर्वाचित गराउने महाधिवेशन प्रतिनिधिहरूलाई धन्यवाद प्रकट गरेका छन् । उनले भने, ‘नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा केन्द्रीय सदस्यका रुपमा अत्यधिक मतसहित मलाई निर्वाचित गर्नुभएकोमा सर्वप्रथम सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूप्रति हृदयदेखि नै कृतज्ञता व्यक्त गर्दछु ।’
‘ऐतिहासिक विरासत बोकेको नेपाली कांग्रेसलाई आगामी दिनमा अझ बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्न यहाँहरुले प्रदान गर्नुभएको अमूल्य अभिभारा सदा निर्वाहन गर्ने प्रतिबद्धता र सङ्कल्प व्यक्त गर्दछु,’ बानियाँले भने ।
‘१५औं महाधिवेशनका दौरान ममाथि व्यक्त बलियो अभिमत र अगाध विश्वास मेरो राजनीतिक जीवनको पुँजी त हुँदै हो, सबैलाई गोलबद्ध गर्दै अझ बलियो नेपाली कांग्रेस निर्माण गर्न महाधिवेशन प्रतिनिधिहरूबाट व्यक्त ऐतिहासिक अभिमत हो भन्ने मैले महसुस गरेको छु,’ उनले भने ।
‘यसलाई सदा हृदयमा राख्दै राष्ट्रिय राजनीतिमा नेपाली कांग्रेसको भूमिका निर्णायक बनाउन तथा पार्टीलाई अझ रुपान्तरणसहित न्यायमुखी, आयमुखी, गरिबमुखी, विकासमुखी, गाउँमुखी र जनमुखी बनाउन अहोरात्र क्रियाशील रहने प्रण गर्दछु,’ बानियाँले भने ।
‘अन्त्यमा, पुनः एकपटक मलाई अत्यधिक मत प्रदान गर्ने देशभित्र र प्रवासका सम्पूर्ण महाधिवेशन प्रतिनिधिज्यूहरु, मतदान अधिकृतज्यूहरु, सुरक्षाकर्मी तथा सञ्चारकर्मी मित्रहरू एवं देशभर रहेका लाखौं क्रियाशील सदस्य साथीहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु,’ बानियाँले भने ।
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया