कालीकोट कांग्रेसको जिल्ला सभापतिमा विष्ट सर्वसम्मत, दुई क्षेत्रीय सभापतिमा रतन र मेगराज

कालीकोट । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत कालीकोट जिल्लामा सम्पन्न अधिवेशनले सभापतिमा नागेन्द्र विष्टलाई सर्वसम्मत निर्वाचित गरेको छ ।

अधिवेशनले प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ को सभापतिमा रतनबहादुर शाही र २ को सभापतिमा मेगराज विष्टलाई सर्वसम्मत निर्वाचित गरेको हो । अधिवेशनमा शेरबहादुर देउवा पक्षीय नेता तथा कार्यकर्ताहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।

जिल्ला कार्यसमितिको दुई उपसभापतिमा केशरसिंह बम र भरतबहादुर मल्ल तथा दुई सचिवमा सविनकुमार विष्ट र नेत्रबहादुर शाही सर्वसम्मत निर्वाचित भएका छन् ।

दुई सहसचिवमा मनबहादुर बुढा र धिरबहादुर शाही तथा कोषाध्यक्षमा गोर्खाबहादुर बटाला सर्वसम्मत निर्वाचित भएका छन् ।

Published : Wednesday, 2026 October 14, 10:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया