प्रधानसेनापति सिग्देल स्वदेश फर्किए
काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल स्वदेश फर्किएका छन् ।
बुधबार बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता भएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजंग क्षेत्रीले स्वागत गरेका छन् ।
बेलायती सेनाका प्रमुख जनरल रोली वाकरको निमन्त्रणमा उनी बेलायत गएक थिए । सिग्देलले उच्च सैनिक अधिकारीहरूसँग शिष्टाचार भेघटाट गरेको सैनिक मुख्यालय जंगी अड्डाले बताएको छ ।
उनले बेलायतमा रहँदा अन्तराष्ट्रिय सैनिक अभ्यास एक्ससाइज क्यामब्रियन पेट्रोल २०२६ को निरीक्षण गरेका थिए । उक्त पेट्रोलमा स्वर्ण पदक प्राप्त नेपाली टोलीलाई प्रधानसेनापति प्रशंसा निशाना समेत प्रदान गरेका थिए ।
Published : Wednesday, 2026 October 14, 9:54 pm
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया