हत्याको अभियोगमा काठमाडौंबाट युवक पक्राउ
काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले व्यक्ति हत्याको अभियोगमा १९ वर्षीय रूपेश पाख्रिनलाई पक्राउ गरेको छ ।
मंगलबार बिहान काठमाडौंको खसी बजार बस्ने सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ घर भएका १८ वर्षीय रोशन पाख्रिनको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने रूपेश पाख्रिनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित विवादको क्रममा रूपेशले कुटपिट गर्दा गम्भीर घाइते भएका रोशनको कलंकीस्थित शहीद मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको खबर प्राप्त हुनासाथ प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले रुपेशलाई पक्राउ गरेको हो । प्रहरीले थप अनुसन्धानको लागि ३ जनालाई नियन्त्रणमा लिएको छ ।
हत्याको घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया