दश लाख घुस खाने नापी अधिकृत वलीविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी अधिकृत डिल्लीबहादुर वलीविरुद्ध आरोपपत्र दायर गरेको छ ।
बिहीबार अख्तियारले वलीविरुद्ध विशेष अदालत काठमाडौंमा अरोपपत्र दायर गरिएको प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौंको नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली माछापोखरी, काठमाडौंका टोली प्रमुख नापी अधिकृत वलीले १० लाख घुस (रिसवत) लिएको पुष्टि भएको भन्दै अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।
वलीले सेवाग्राहीलाई छुट जग्गा दर्ता सिफारिससहितको मिसिल पत्र भूमि प्रशासन कार्यालय, मनमैजु, काठमाडौंमा पठाउनको लागि अनावश्यक सास्ती दुःख हैरानी दिएका थिए । उनले सेवाग्राहीसँग घुस (रिसवत) माग गरेको उजुरी परेपछि अख्तियारले स्टिङ अप्रेसन गरेको थियो ।
अख्तियारको टोलीले नापी अधिकृत वलीलाई घुस (रिसवत) रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।
वलीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो दश लाख रूपियाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता न्यौपानेले बताएका छन् ।
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया