सर्लाहीमा अख्तियारको स्टिङ अप्रेसन, इञ्जिनियर र सुपरभाइजर रंगेहात पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्टिङ अप्रेसन गरेर इञ्जिनियर र सुपरभाइजरलाई घुस (रिसवत)को रकमसहित रंगेहात पक्राउ गरेको छ ।
मंगलबार अख्तियारको टोलीले सर्लाहीको मलंगवा नगरपालिकामा कार्यरत इञ्जिनियर डिकेशकुमार यादव र सुपरभाइजर सहायक (चौथो) कौशलकुमार मधुकरलाई रंगेहात पक्राउ गरेको प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
निर्माण भइसकेको भवनको नक्सा दर्ता तथा अभिलेखीकरण गराउने कार्यमा दुःख हैरानी दिई घुस (रिसवत) माग गरेको भन्ने सूचना एवम् उजुरी निवेदनका आधारमा अख्तियार टोलीले डिकेशकुमार यादव र कौशलकुमार मधुकरविरुद्ध स्टिङ अप्रेसन गरेको थियो ।
सेवाग्राहीबाट घुस (रिसवत) वापत एक लाख रूपियाँ लिइसकेको र स्रोत नखुलेको तेत्तीस हजार सात सय पाँच रूपियाँसहित नियन्त्रणमा लिएको बुधबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
उनीहरूलाई सर्लाहीको मलंगवा नगरपालिकाबाट मंगलबार नियन्त्रणमा लिई बुधबार विशेष अदालत, काठमाडौंको आदेशबाट घुस (रिसवत) भ्रष्टाचारसम्बन्धी मुद्दामा म्याद थप भई अनुसन्धान कार्य अगाडि बढाइएको विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया