कांग्रेसको खुलातर्फ केन्द्रीय सदस्य पदमा नेता महर्जनद्वारा उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा बागमती प्रदेशका पूर्वमन्त्री मीनकृष्ण महर्जनले खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

मंगलबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा नेता महर्जनले केन्द्रीय सदस्य पदमा मनोनयन दर्ता गराएका हुन् । खेलकुद पृष्ठभूमिका नेता महर्जन कांग्रेसबाट बागमती प्रदेश सभामा सांसद पनि छन् । उनी बामगती प्रदेश सरकारका पूर्व युवा तथा खेलकुदमन्त्री हुन् ।

ललितपुरबाट महाधिवेशन प्रतिनिधि रहेका महर्जन युवाहरूका बीच लोकप्रिय मानिन्छन् ।

संगठनप्रतिको निरन्तर योगदान, युवा तथा खेलकुद क्षेत्रसँगको लामो सम्बन्ध र जनतासँगको निरन्तर सहकार्यलाई आत्मसात् गर्दै केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएको महर्जनले बताएका छन् ।

केन्द्रीय सदस्य पदका उम्मेदवार महर्जनले माहाधिवेशन प्रतिनिधिहरूसँग प्रदान गरेर विजयी बनाउन अपील पनि गरेका छन् ।

Published : Tuesday, 2026 October 6, 11:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया