एकताबद्ध कांग्रेस, सुदृढ संगठन र सम्मानित कार्यकर्ताको नारासहित बस्नेतद्वारा सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता शुभराम बस्नेतले खस, आर्यतर्फ सहमहामन्त्री पदमा उम्मेदवारी दिएका छन् ।
मंगलबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा नेता बस्नेतले सहमहामन्त्री (खस आर्य) पदमा उम्मेदवारी दिएको जनाएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सोलुखुम्बु जिल्लाबाट बस्नेतले महाधिवेशन प्रतिनिधि बनेर प्रतिनिधित्व गरिरहेका छन् ।
उनले भने, ‘मेरो राजनीतिक यात्रा, विद्यार्थी राजनीतिमा सिकेको नेतृत्व अनुभव र संगठन निर्माणप्रतिको निरन्तर प्रतिबद्धतालाई थप जिम्मेवारीका साथ अघि बढाउने उद्देश्यले यो उम्मेदवारी दिएको हुँ ।’
‘महाधिवेशनको यस महत्वपूर्ण अवसरमा अग्रज, साथीहरू तथा सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूसँग निरन्तर संवाद र सहकार्यमा रहनेछु,’ नेता बस्नेतले भने ।
‘नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री, खस आर्यतर्फ आफ्नो मनोनयन दर्ता गराएको छु,’ उनले भने ।
उनले भने, ‘शंकरदेव क्याम्पसको स्ववियु सभापतिका रूपमा विद्यार्थी हकहित र शैक्षिक आन्दोलनमा सक्रिय रहँदै, नेपाली कांग्रेसका विभिन्न आन्दोलन र संगठन निर्माणमा निरन्तर भूमिका निर्वाह गर्दै आएको अनुभवलाई अब पार्टीको अझ सुदृढ संगठन निर्माणमा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’
‘एकताबद्ध कांग्रेस, सुदृढ संगठन र सम्मानित कार्यकर्तालाई प्राथमिकतामा राख्दै १५औँ महाधिवेशनको यस यात्रामा यहाँहरूको साथ, विश्वास र अमूल्य मतको अपेक्षा गर्दछु,’ युवा नेता बस्नेतले भने ।
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया