नरहरिनाथ ९ को वडा सभापतिमा कांग्रेस नेतृ समला सर्वसम्मत निर्वाचित
नरहरिनाथ । नेपाली कांग्रेस १५औँ नियमित महाधिवेशन अन्तर्गत् कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नं. ९ को वडा सभापतिमा महिला नेतृ समला बम शाही निर्वाचित भएकी छिन् ।
मंगलबार भएको वडा अधिवेशनमा समला बम शाही सभापतिमा सर्वसम्मत निर्वाचित भएकी हुन् । उनले कार्यसमिति पनि गठन गरेकी छिन् । उपसभापतिमा संगीता शाही बोहरा रहेकी छिन् । वडा अधिवेशनले क्षेत्रीय प्रतिनिधिहरू पनि सर्वसम्मत निर्वाचित गरेको कांग्रेस नेतृ कमला सिंह शाहीले बताएकी छिन् ।
वडा अधिवेशनमा शेरबहादर देउवा पक्षीय नेता तथा कार्यकर्ताहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।
Published : Tuesday, 2026 October 6, 10:22 pm
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया