कांग्रेस नेता मोहन बस्नेतको निर्वाचन क्षेत्रका ३ पालिकाको अधिवेशन सम्पन्न, कार्यसमिति सर्वसम्मत

बाह्रबिसे । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतको गृहजिल्लाका तीन वटा पालिकाको पालिका अधिवेशनले सभापतिसहितको कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

नेपाली कांग्रेस १५औँ नियमित महाधिवेशन अर्थात् शेरबहादुर देउवा पक्षीय नेताहरूले सिन्धुपाल्चोकको दुई वटै क्षेत्रका सबै वडाहरूमा अधिवेशन गरिसकेका छन् ।

बुधबार सिन्धुपाल्चोक क्षेत्र नं. १ अन्तर्गत बाह्रबिसे नगरपालिकाको अधिवेशनले सभापति भक्तबहादुर बस्नेतलाई निर्वाचित गरेको छ । बाह्रबिसेको पालिका अधिवेशनको पूर्वमन्त्री बस्नेतले उद्घाटन गरेका थिए ।

त्यसैगरी, लिसंखुपाखर गाउँपालिकाको सभापतिमा जेठा लामा (जोगलाल) र सुनकोशी गाउँपालिकाको सभापतिमा कुमार बस्नेतलाई अधिवेशन सर्वसम्मत निर्वाचित गरेको छ ।

सिन्धुपाल्चोक क्षेत्र नं. १ का बाँकी पालिकाहरूको अधिवेशन बुधबार हुनेछ ।

Published : Tuesday, 2026 October 6, 9:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया