सर्वोच्चका लागि न्याय परिषदद्वारा चार न्यायाधीश सिफारिस
काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतमा ४ जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।
मंगलबार प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको अध्यक्षतामा बसेको परिषद्को बैठकले चार जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
न्याय परिषद् सचिवालयका अनुसार उच्च अदालतका न्यायाधीशहरू रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्चको न्यायाधीशका लागि सिफारिस गर्ने निर्णय भएको छ ।
बागचन्द उच्च अदालत पोखराका मुख्य न्यायाधीश हुन् । बाँकी तीन जना उच्च अदालतका न्यायाधीश हुन् । सारू उच्च अदालत पाटन र पाण्डे उच्च अदालत पाटनको हेटौँडा इजलासका न्यायाधीश हुन् ।
Published : Tuesday, 2026 October 6, 8:05 pm
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया