बागमती कांग्रेसका सभापति बानियाँद्वारा खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता
काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
मंगलबार काठमाडौंका प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा कांग्रेसको केन्द्रीय सदस्य पदका लागि बानियाँले मनोनयन दर्ता गराएका हुन् । उनले खुलातर्फ उम्मेदवारी दर्ता गराएको जनाएका छन् ।
बानियाँले ६ जना जिल्ला सभापतिको समर्थक प्रस्तावमा उम्मेदवारी दर्ता गराएका हुन् ।
उनको प्रस्तावकमा रामचन्द्र यादव, राजेश्वर खनाल र बर्मा लामा रहेका छन् । समर्थकमा रमेशकुमार महत, प्रभातकुमार दाहाल र कृष्णकुमार तामाङ रहेका छन् ।
Published : Tuesday, 2026 October 6, 8:16 pm
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया