हेटौंडा–भीमफेदी सडकमा स्रोत नखुलेको २१ लाखसहित २ जना पक्राउ
हेटौँडा । मकवानपुर जिल्लामा स्रोत नखुलेको २१ लाख ४० हजार रुपियाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार साँझ हेटौंडा उपमहानगरपालिका वडा नं.१ चौकीटोलस्थित हेटौंडा–भीमफेदी सडकखण्डमा सशस्त्र प्रहरी बल, नेपाल नं.१४ गण हे.क्वा.मकवानपुरबाट खटिएको मोवाईल टोलीले गाडीमा चेकजाँच गर्दा स्रोत नखुलेको रकमसहित दुई जनालाई नियन्त्रामा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
बीरगंजबाट हेटौँडातर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ च ०२०९ नम्बरको गाडीलाई चेकजाँच गर्ने क्रममा गाडीभित्र कालो पोलोथिनको झोलामा लुकाईछिपाई राखेको अवस्थामा स्रोत नखुलेको नेपाली रु.१००० दरको र रु.५०० दरको जम्मा नगद रु.२१ लाख ४० हजार रुपियाँ बरामद भएको थियो ।
लुम्बिनी प्रदेश ०१–००१ च ०२०९ नम्बरको गाडी बरामद गरी चालक धादिङको निलकण्ठ नगरपालिका वडा नं.८ बस्ने वर्ष ३२ को विजय खाती र सो गाडीमा सवार मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं.१ बस्ने वर्ष ४० को सिंहराम रुम्बालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उनीहरूलाई मकवानपुर जिल्ला अदालत हेटौँडाबाट नेपाल राष्ट्र बैंक ऐन (२०५८) अन्तर्गत सम्बन्धी कसूर मुद्धामा १५ दिनको म्याद थप अनुमति लिएर अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया