कांग्रेस नेता दीपक गिरीद्वारा उपसभापति पदमा उम्मेदवारी दर्ता
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दीपक गिरीले उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
मंगलबार कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा नेता गिरीले उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन् । गिरीले आफूलाई उपसभापति पदमा मतदान गरेर विजयी बनाउन महाधिवेशन प्रतिनिधिहरूसँग अपील गरेका छन् ।
पूर्वमन्त्री गिरी कांग्रेसका केन्द्रीय सदस्य र पूर्वसांसद हुन् । दाङ जिल्लाबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएर नेता गिरी महाधिवेशनमा भाग आएका छन् ।
Published : Tuesday, 2026 October 6, 6:51 pm
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया