कांग्रेस नेता योगेन्द्र चौधरीद्वारा सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसका नेता योगेन्द्र चौधरीले सहमहामन्त्री पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

मंगलबार काठमाडौंको भृकुटीमण्डमा जारी कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नेता चौधरीले थारु क्लस्टरबाट सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

उनी गत विशेष महाधिवेशनबाट पनि सहमहामन्त्री पदमा निर्वाचित भएका थिए । कांग्रेसको जारी १५ औं महाधिवेशन अन्तर्गत अहिले धमाधम उम्मेदवारी दर्ता भइरहेको छ ।

Published : Tuesday, 2026 October 6, 6:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया