हाइटेराद्वारा नेपाल प्रहरीलाई विभिन्न उपकरणहरू हस्तान्तरण
काठमाडौं । हाइटेरा कम्युनिकेशन कर्पोरेशन लिमिटेडद्वारा नेपाल प्रहरीलाई हाइटेरा पीओसी पीफिफ्टी प्रोडिभाइस २० थान, बडी वर्न क्यामेरा २५ थान, हाइटेरा ई प्याक युनिट २ थान लगायतका विभिन्न सञ्चार उपकरणहरू हस्तान्तरण गरिएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा सोमबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई हाइटेरा कम्युनिकेशन कर्पोरेशन लिमिटेडका प्रबन्ध निर्देशक निङ मले उक्त उपकरणहरू हस्तान्तरण गरेकी हुन् ।
प्रहरी महानिरीक्षक कार्कीले हाइटेराबाट प्राप्त सहयोगले प्रहरी संगठनलाई समय सापेक्ष प्रविधिमैत्री बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । अपराध अनुसन्धान, दैनिक प्रहरी कार्य लगायतका कार्यहरूलाई थप चुस्त बनाउनुका साथै प्राप्त उपकरणहरूले विपद्को कठिन समयमा भौगोलिक विकटतायुक्त क्षेत्रमा छिटो छरितो सञ्चार सम्बन्ध स्थापित गरी उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास कार्कीले लिएका छन् ।
हाइटेरा कम्युनिकेशन कर्पोरेशन लिमिटेडका प्रबन्ध निर्देशक निङ मले हस्तान्तरण गरिएका उपकरणहरूले प्रहरीको क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिएको उल्लेख गरेकी छिन् । आगामी दिनमा नेपाल प्रहरीसँग आपसी समन्वय गरिरहने विचार उनले व्यक्त गरेकी छिन् ।
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया