आईजीपी कार्की पतंजलि योगपीठको योग शिविरमा सहभागी
काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की पतंजलि योगपीठ नेपालसँगको सहकार्यमा नेपाल प्रहरीद्वारा आयोजित योग शिविरमा सहभागी भएका छन् ।
सोमबार नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित योग शिविरलाई सम्बोधन गर्दै कार्कीले योग शिविरको माध्यमबाट प्रहरी कर्मचारीहरूलाई योगको महत्व र योगाभ्यासका बारेमा सचेतना अभिवृद्धि गराई प्रत्यक्ष रूपमा लाभान्वित गराएको भन्दै पतंजलि योगपीठप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन् ।
स्वस्थ प्रहरी नै सक्षम प्रहरी र सक्षम प्रहरी नै नागरिकको भरोसा योग्य प्रहरी बन्न सक्ने उनले बताए । सम्पूर्ण प्रहरी कर्मचारीहरूले योगलाई दैनिक अभ्यास र संस्कारको रूपमा स्थापित गरी सुरक्षित समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने आईजीपी कार्कीले बताएका छन् ।
प्रहरीको जीवन आमनागरिकको सुरक्षासँग जोडिएको र यसका लागि आवश्यक पर्ने शान्त मन, धैर्यता, संवेदनशीलता, अनुशासन र शारीरिक तन्दुरूस्तीको विकासमा योगले सहयोगी भूमिका खेल्ने कार्कीले बताए ।
आईजीपी कार्कीले पतंजलि योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी वरिष्ठ योग गुरू लभदेव मिश्रलाई सम्मानपत्र प्रदान गरेका छन् । सोही अवसरमा कार्कीलाई पतंजलि आयुर्वेद केन्द्र नेपालका अध्यक्ष बाबुकाजी श्रेष्ठले कृतज्ञताको चिनो प्रदान गरेका छन् ।
पतंजलि योग समिति नेपालका संरक्षक अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक ज्ञानेन्द्रबिक्रम महतले योग शिक्षाका बारेमा प्रकाश पारेका छन् । पतंजलि योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी वरिष्ठ योग गुरू लभदेव मिश्रले योगाभ्यास गराएका थिए ।
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया