देउवा पक्षद्वारा गोदावरी–१२ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, महिला वडा सभापति निर्वाचित

गोदावरी । नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत ललितपुरको गोदावरी नगरपालिका वडा नं. १२ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न भएको छ ।

आइतबार नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनबहादुर अमात्यको प्रमुख आतिथ्य तथा केन्द्रीय सदस्य जीतजंग बस्नेतको विशेष आतिथ्यतामा ललितपुरका नेता तथा कार्यकर्ताहरूको उपस्थितिमा वडा अधिवेशन सम्पन्न भएको छ । तथाकथित विशेष महाधिवेशन पक्षधर नेताहरूले आयोजना गरेको वडा अधिवेशनभन्दा देउवा पक्षले गरेको वडा अधिवेशन भव्य र सभ्य रुपमा समापन भएको नेपाली कांग्रेस ललितपुर १५औँ महाधिवेशन तयारी समितिका जिल्ला संयोजक सुदर्शन घिमिरेले जानकारी दिएका छन् ।

अधिवेशनबाट ललितपुरकै पहिलो महिला वडा सभापति सञ्जु महर्जन सर्वसम्मत चयन भएकी छिन् । वडा सभापति महर्जनले वडा कार्यसमिति पनि गठन गरेकी छिन् ।

Published : Sunday, 2026 October 4, 10:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया