कांग्रेसको चुनाव चिन्ह तथा झण्डाका विषयमा भ्रम सिर्जना गर्ने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको छ : दाड संयोजक शर्मा
काठमाडौं । नेपाली कांग्रेस १५औं महाधिवेशन तयारी समिति दाडका संयोजक गोपालराज शर्माले नेपाली कांग्रेसको नियमित १५औं महाधिवेशनको सन्दर्भमा पार्टीभित्र विभिन्न तहमा अधिवेशन तथा संगठनात्मक गतिविधिहरू सञ्चालन भइरहेको बताएका छन् ।
आइतबार संयोजक शर्माले प्रेस विज्ञप्ति जारी गरेर पार्टीको वैधानिकता, नेतृत्व, महाधिवेशन र चुनाव चिन्ह तथा झण्डाका विषयमा विभिन्न प्रकारका धारणा, प्रचार–प्रसार तथा भ्रम सिर्जना गर्ने प्रयासहरू भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
‘नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित सभापति श्री शेरबहादुर देउवा हुनुहुन्छ । पार्टीको विधानबमोजिम नियमित १५औं महाधिवेशन सम्पन्न गर्ने वैधानिक दायित्व र अधिकार वर्तमान निर्वाचित नेतृत्वमै निहीत रहेको हाम्रो स्पष्ट धारणा छ ।’
‘हालै सम्पन्न राष्ट्रिय भेला तथा सम्मेलनको निर्णयानुसार वर्तमान सभापतिको नेतृत्वमा सम्पन्न हुने नियमित १५औं महाधिवेशन नै नेपाली कांग्रेसको आधिकारिक तथा वैधानिक महाधिवेशन हुने हाम्रो ठहर हो,’ संयोजक शर्माले भने, ‘यस विषयमा सम्मानित अदालतबाट औपचारिक फैसला आउन बाँकी रहेको वर्तमान अवस्थामा अदालतको अन्तिम निर्णयलाई सम्मान गर्दै धैर्य र संयम अपनाउन
हामी सबैमा आग्रह गर्दछौं ।’
‘फैसला नआएसम्म नेपाली कांग्रेसको चारतारे भण्डा, चुनाव चिह्न र पार्टीको आधिकारिक पहिचानमाथिको हक तथा दाबी कायम रहेको हाम्रो स्पष्ट मान्यता छ,’ शर्माले भने ।
‘यस विपयमा कुनै पनि प्रकारको भ्रम, अन्योल वा गलत प्रचारबाट प्रभावित नहुन सम्पूर्ण पार्टी पंक्ति, शुभेच्छुक तथा आम नागरिकमा हार्दिक अनुरोध गर्दछौं,’ संयोजक शर्माले भने, ‘सामाजिक सञ्जाल वा अन्य कुनै पनि सञ्चार माध्यममार्फत तथ्यहीन, भ्रामक, उत्तेजनात्मक वा पार्टीको वैधानिकता तथा आधिकारिक पहिचानमाथि प्रश्न उठाउने गलत सूचना सम्प्रेपण नगर्न र नगराउन समेत सम्बन्धित सबैमा हार्दिक आग्रह गर्दर्छौं ।’
संयोजक शर्माले भने, ‘विचार र मतमा विविधता हुनु लोकतान्त्रिक संस्कार हो । तर, त्यसलाई व्यक्तिगत आग्रह–पूर्वाग्रह, भ्रम र गलत सूचनाको माध्यम बनाउनु उचित हुँदैन । नेपाली कांग्रेस केवल एउटा राजनीतिक संगठन मात्र होइन, राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई आफनो आदर्श मान्दै लामो लोकतान्त्रिक संघर्षबाट स्थापित भएको ऐतिहासिक संस्था हो ।’
‘जननायक विश्वेश्वरप्रसाद कोइरालालाई आदर्श पुरुप मान्ने र प्रजातान्त्रिक समाजवादलाई आफ्नो राजनीतिक विचार तथा सिद्धान्तको आधार बनाउने जोसुकै लोकतान्त्रिक राजनीतिक शक्ति वा दलले चारतारे भण्डाको प्रयोग गरेको इतिहास र अभ्याससमेत रहेको तथ्यलाई स्मरण गर्न आवश्यक छ,’ संयोजक शर्माले भने, ‘त्यसैले चारतारे भण्डालाई लिएर अनावश्यक भ्रम र विवाद सिर्जना गर्नुभन्दा नेपाली लोकतान्त्रिक आन्दोलनको विगत इतिहास, यसको विकासक्रम र त्यससँग जोडिएका राजनीतिक अभ्यासहरूतर्फ समेत सबै सरोकारवालाको गम्भीर ध्यानाकर्पण गराउन चाहन्छौं ।’
‘हामी लोकतान्त्रिक विधि, विधान, संस्थागत मर्यादा र न्यायिक प्रक्रियामाथि पूर्ण विश्वास राख्दछौं । कुनै पनि विवादको समाधान बल, भ्रम वा प्रचारबाट होइन, विधि, विधान र लोकतान्त्रिक प्रक्रियाबाट हुनुपर्दछ भन्ने हाम्रो दृढ मान्यता छ,’ शर्माले प्रेस विज्ञप्तिमा भनेका छन् ।
नेपाली कांग्रेस दाङका संयोजक शर्माले भनेका छन्, ‘नेपाली कांग्रेसका सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुक तथा लोकतन्त्रप्रति आस्थावान आम जनसमुदायमा कुनै पनि प्रकारको भ्रममा नपरी संयम, सद्भाव र लोकतान्त्रिक संस्कार कायम राख्दै नियमित महाधिवेशनको प्रक्रियालाई सहयोग गर्न हार्दिक अपील गर्दछौं ।’

बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया