काठमाडौं महानगर वडा नं. ४ मा कांग्रेसको अधिवेशन, सभापतिमा जोशी निर्वाचित

काठमाडौं । शेरबहादुर देउवा पक्षीय नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत काठमाडौं महानगरपालिका वडा नं. ४ को अधिबेशन सम्पन्न भएको छ ।

बिहीबार सम्पन्न भएको अधिबेशनले वडा सभापतिमा मनोजराज जोशीलाई निर्वाचित गरेको छ । जोशीको नेतृत्वमा वडा कार्यसमिति पनि बनेको छ । वडा अधिवेशनले भने ३१ जना क्षेत्रीय प्रतिनिधि चयन गरेको कांग्रेसका युवा नेता धिरेन्द्रबिक्रम मोक्तानले बताएका छन् ।

वडा अधिबेशनको काठमाडौं क्षेत्र नं. ५ का सभापति श्याम खड्काको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । सभापति खड्काले सबैले धैर्य र उत्साहका साथ भाग लिई आगामी केन्द्रीय महाअधिवेशन सम्पन्न गर्न आग्रह गरेका छन् ।

सभापति खड्काले तथाकथित विशेष महाधिवेशन पक्षधरलाई गालीगलौज नगर्न आग्रह गरेका छन् । खड्काले उनीहरू पनि कांग्रेस नै रहेको भन्दै इमनको राजनीति गर्न आग्रह गरे ।

Published : Friday, 2026 October 2, 10:35 am

फेसबुकबाट तपाईको प्रतिक्रिया