जुम्ला कांग्रेसद्वारा देउवा पक्षको सम्पर्क कार्यालय स्थापना, नेताहरूलाई जिम्मेवारी प्रदान

काठमाडौं । नेपाली कांग्रेस १५औँ महाधिवेशन तयारी समिति जुम्लाले सम्पर्क कार्यालय स्थापना गरेको छ ।

शेरबहादुर देउवा पक्षीय नेताहरूको अधिवेशन सम्पन्न गर्न जुम्ला कांग्रेसले सम्पर्क कार्यालय स्थापना गरेको हो ।

महाधिवेशन तयारी समितिले पालिका र क्षेत्रका नेता कार्यकर्तालाई जिम्मेवारी प्रदान गरिएको छ ।

देउवा पक्षीय जुम्ला कांग्रेसले वडा अधिवेशनको समय २ दिन थप गर्दै २०८३ असोज १५, १६, १७ र १८ गते सम्पन्न गर्ने निर्णय गर्ने निर्णय गरेको छ ।

जुम्लामा अधिवेशन सम्पन्न गर्न नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधि दीपेन्द्र हमाल र जिल्ला संयोजकमा हेम बुढथापाले जिम्मेवारी प्राप्त गरेका छन् ।

प्रदेश सभा (१) संयोजक मोहन देवकोटा र प्रदेश सभा (२) संयोजकमा उपराज अधिकारीले जिम्मेवारी प्राप्त गरेका छन् ।

जुम्ला कांग्रेसले स्थानीय तहको संयोजकमा चन्दननाथका केशव हमाल, गुठीचौरका सोमराज लामा, कनकासुन्दरीकी प्रेमकली बुढा, सिंजाका धिर शाही र डिलबहादुर रोकायाले जिम्मेवारी प्राप्त गरेका छन् ।

Published : Thursday, 2026 October 1, 10:57 am

फेसबुकबाट तपाईको प्रतिक्रिया