दश दिनपछि त्रिशूली थ्री ‘ए’को सुरुङबाट कवीर र सञ्जयलाई जीवितै उद्धार
काठमाडौं । बाढी गएको १० दिनपछि त्रिशूली थ्री ‘ए’को सुरुङबाट सुरक्षाकर्मीहरूले दुई जनालाई जीवित्तै उद्धार गरेका छन् ।
शुक्रबार बिहान सुरक्षाकर्मीहरूले कवीर महर्जन र सञ्जय साहलाई सुरुङबाट जीवित उद्धार गरेका हुन् । सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य रहेको पाइएको छ ।
उद्धार गरिएका कवीर महर्जनलाई उपचारका लागि छाउनी अस्पताल, काठमाडौं ल्याइँदै छ । उनलाई हेलिकप्टरमार्फत ल्याइँदै छ ।
रसुवा बाढीको १० दिनपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको संयुक्त टोलीले कवीर महर्जन र सञ्जय साहलाई जीवित्तै उद्धार गरेको छ ।
Published : Friday, 2026 September 4, 11:10 am
बिचार/ब्लग
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया