देउवा पक्षद्वारा प्रदेश र स्थानीय तह निर्वाचन लक्षित कार्यक्रम सार्वजनिक, हाइज्याकरले ध्वस्त बनाएको कांग्रेस बलियो हुने

काठमाडौं । नेपाली कांग्रेस १५औँ महाधिवेशन तयारी समितिले प्रदेश सभा र स्थानीय तह निर्वाचनका सम्वन्धमा निर्णय गरेको छ ।

बिहीबार काठमाडौंको चुनदेवीमा समितिका संयोजक प्रा.डा.शशांक कोइरालाको संयोजकत्वमा बसेको बैठकले इच्छुक उम्मेदवारहरूको नामावली संकलन गर्ने निर्णय गरेको हो । सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुईकेलद्वारा बैठकपछि जारी प्रेस विज्ञप्तिअनुसार उपयुक्त उम्मेदवारको छनौटका लागि आवश्यक प्रक्रिया प्रारम्भ गर्ने निर्णय भएको छ ।

‘प्रदेश सभा, स्थानीय तह (गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिकाका प्रमुख उपप्रमुख र वडाध्यक्ष, सदस्य) निर्वाचनका लागि सम्बन्धित तह र समितिले इच्छुक उम्मेदवारहरूको नामावली संकलन र उपयुक्त उम्मेदवारको छनौटका लागि आवश्यक प्रक्रिया प्रारम्भ गर्ने निर्णय गरियो ।’

भृकुटीमण्डप भेलालाई तथाकथित विशेष महाधिवेशन भनेर नेपाली कांग्रेस हाइज्याक गरेको समूहले सर्वोच्च अदालतमा आधिकारिकताको मुद्दा बिचाराधीन रहेका बेला १५औँ महाधिवेशन लगायतका गतिविधिहरू अगाडि बढाएपछि शेरबहादुर देउवा पक्षीय नेताहरूले पनि प्रदेश सभा र स्थानीय तहको निर्वाचन लक्षित कार्यक्रमहरू अगाडि बढाएका छन् ।

देउवा पक्षीय नेताहरूले पनि २०८३ को मंसिर २१, २२ र २३ गते काठमाडौंमा १५औँ महाधिवेशन गर्ने गरि वडादेखि केन्द्रसम्मको कार्यतालिका सार्वजनिक गरेका छन् ।

Published : Thursday, 2026 September 3, 9:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया