देउवा पक्षीय कांग्रेस नेताहरूले भक्तपुरमा वीपी जयन्ती मनाउने, थापालाई कार्यक्रमको जिम्मेवारी
काठमाडौं । नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले ११३औँ वीपी जयन्ती भक्तपुरमा मनाउने निर्णय गरेको छ ।
बिहीबार काठमाडौंको चुनदेवीमा बसेको समितिका संयोजक प्रा.डा.शशांक कोइरालाको संयोजकत्वको बैठकले ११३औँ वीपी जयन्तीको कार्यक्रम भाद्र २४ गते भक्तपुरमा गर्ने निर्णय गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
कार्याक्रम गर्नका लागि नेपाली कांग्रेस भक्तपुर जिल्लाका सभापति दुर्लभ थापाको अध्यक्षतामा व्यवस्थापन समिति गठन गर्ने निर्णय भएको छ ।
शेरबहादुर देउवा पक्षीय नेताहरूको बैठकले १५औँ महाधिवेशनको मिति समेत घोषणा गरिसकेको छ । २०८३ सालको मंसिर २१, २२ र २३ गते काठमाडौंमा १५औँ महाधिवेशन गर्ने निर्णय देउवा पक्षले गरेपछि कांग्रेसका हाइज्याकरहरूलाई तनाब सिर्जना भएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया