देउवा पक्षको लचकतालाई कांग्रेसका हाइज्याकरले कमजोरी ठानेपछि घोषणा भयो महाधिवेशनको कार्यतालिका
काठमाडौं । नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ ।
बिहीबार काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा समितिका संयोजक प्रा.डा.शशांक कोइरालाको संयोजकत्वमा बसेको बैठकले कांग्रेसको १५औँ महाधिवेशन २०८३ सालको मंसिर २१, २२ र २३ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ । शेरबहादुर देउवा पक्षीय नेताहरूले समानान्तर गतिविधि गर्न लागेका छन् । कांग्रेसमा बृहत एकताका लागि दवाव र सुझाव दिँदै आएका नेताहरूले आफ्नो लचकतालाई कांग्रेस पार्टीका हाइज्याकरहरूले कमजोरीका रुपमा लिएपछि १५औँ महाधिवेशन गर्न लागेका हुन् ।
सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुईकेलद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘बैठकले नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन २०८३ मंसिर २१, २२ र २३ गते काठमाडौंमा गर्नेगरि असोज १५ गते वडा अधिवेशन, असोज २० गते पालिका अधिवेशन, असोज २३ गते प्रदेश सभा निर्वाचन क्षेत्र एवं प्रतिनिधिसभा निर्वाचन क्षेत्र क्षेत्रीय अधिवेशन, कार्तिक १५ गते जिल्ला अधिवेशन, मंसिर ४ गते प्रदेश अधिवेशनहरू गर्ने निर्णय गरियो ।’
‘विदेशस्थिति जनसम्पर्क समितिहरूको कार्यतालिका आवश्यक परामर्श पछि प्रकाशित गरिनेछ,’ कुईकेलले भनेका छन् ।
बैठकले अधिवेशन तयारी समितिहरू गठन गर्ने निर्णय पनि गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘जिल्ला÷प्रतिनिधिसभा निर्वाचन क्षेत्र/प्रदेश सभा निर्वाचन क्षेत्र/पालिका र वडा अधिवेशन तयारी समिति गठन गर्नका लागि सम्वन्धित प्रदेशको केन्द्रीय सदस्यहरूको सिफारिसमा ७७ वटै जिल्लामा सचिवालयले केन्द्रीय प्रतिनिधिहरू पठाउने निर्णय भयो र केन्द्रीय प्रतिनिधिले यथाशीघ्र जिल्लाहरूमा पुगी भाद्र २५ गतेभित्र जिल्ला अधिवेशन तयारी समिति, भाद्र २८ गतेभित्र संघीय निर्वाचन क्षेत्र क्षेत्रीय अधिवेशन तयारी समिति र प्रदेशसभा निर्वाचन क्षेत्र क्षेत्रीय अधिवेशन तयारी समिति, असोज ३ गतेभित्र पालिका अधिवेशन तयारी समिति र वडा अधिवेशन तयारी समिति गठन गरि सक्नेछन् । विदेश स्थिति जनसम्पर्क समितिहरूको अधिवेशन तयारी समितिहरू आवश्यक परामर्शगरि सचिवालयले गठन गर्नेछ ।’
‘क्रियाशील सदस्यता सम्बन्धी कुनै विवाद आएमा क्रियाशील सदस्य छानबिन तथा व्यवस्थापन समितिको निर्णय अन्तिम हुने निर्णय गरियो,’ विज्ञप्तिमा भनिएको छ ।
रसुवा भोटेकोशी बाढीबाट प्रभावित जिल्लाहरु रसुवा, नुवाकोट र धादिङ जिल्लाहरूमा अधिवेशनको कार्यतालिकाहरूपछि प्रकाशित गरिने कांग्रेसले जनाएको छ ।
बैठकले निर्वाचन समितिहरू गठन गर्ने निर्णय पनि गरेको छ । ‘अधिवेशन, महाधिवेशन सम्पन्न गर्न केन्द्रीय निर्वाचन समितिले सातै प्रदेश, ७७ वटा जिल्ला र जिल्ला मार्फत प्रतिनिधिसभा निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र, पालिका र वडा अधिवेशनमा निर्वाचन अधिकृत र मतदान अधिकृतहरू पठाउने निर्णय गरियो,’ विज्ञप्तिमा भनिएको छ ।
प्रदेश सभा र स्थानीय तह निर्वाचनका विषयमा पनि देउवा पक्षीय नेताहले बोल्ड निर्णय गरेका छन् । ‘प्रदेश सभा, स्थानीय तह (गाउँपालिका नगरपालिका उपमहानगरपालिका महानगरपालिका प्रमुख उपप्रमुख र वडाध्यक्ष सदस्य) निर्वाचनका लागि सम्बन्धित तह र समितिले इच्छुक उम्मेदवारहरूको नामावली संकलन र उपयुक्त उम्मेदवारको छनौटका लागि आवश्यक प्रक्रिया प्रारम्भ गर्ने निर्णय गरियो,’ विज्ञप्तिमा भनिएको छ ।
१५औँ महाधिवेशन तयारी समितिको अर्को बैठक भाद्र २६ गते शुक्रबार दिनको १ बजे सम्पर्क कार्यालय चुनदेवीमा बस्नेछ ।
भाद्र १७ गते नेपाली कांग्रेसका १४औँ महाधिवेशनका सहमहान्त्री उमाकान्त चौधरीले १५औँ केन्द्रीय महाधिवेशन तयारीका सन्दर्भमा र समसमयिक विषयमा प्रस्तुत प्रस्तावमाथि केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए । नेताहरू विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, रमेश लेखक, गोविन्दबहादुर शाह, हरिशरण नेपाली, कल्याणाी रिजाल, गोमाकुमारी भट्टराई, आमन्त्रित सदस्यहरू पुष्पराज पराजुली, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की, नेपाल किसान महासंघका अध्यक्ष गणेशचन्द्र तिमिल्सिनाले आ–आफ्नो धारणा राखेका छन् ।
भृकुटीमण्डप भेलालाई तथाकथित विशेष महाधिवेशनको नाममा नेपाली कांग्रेसलाई हाइज्याक गरेर लगेर गगन थापाले आफूलाई सभापति र अन्यलाई पदाधिकारी तथा केन्द्रीय सदस्यहरू बनाएपछि कांग्रेसभित्र ठूलो विवाद छ । शेरबहादुर देउवा पक्षीय नेताहरूले सर्वोच्च अदालतमा दिएको रिट निवेदनमा आधिकारिकताको मुद्दामा निस्सा प्राप्त गरेका छन् । मुद्दा बिचाराधीन रहेका बेला कांग्रेसका हाइज्याकर गगन थापा समूहले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेपछि देउवा पक्षले पनि १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेर महाधिवेशनको समानान्तर काम शुरु गरेका छन् ।


बिचार/ब्लग
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया