देउवालाई भेट्न गगनले साइत हेर्नुपर्दैन, कुरा खत्तम, मिडिया ट्रायल नगरम
काठमाडौं । नेपाली कांग्रेसका तत्कालीन सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न समय नपाएको भनेर गगन थापाले सामाजिक सञ्जाल र आफू निकटका केही पत्रकारहरूमार्फत समाचार लेखाइरहेका छन् ।
गगनले देउवालाई भेट्नका लागि कुनै दिन, बार, गते वा साइत हेर्नुपर्दैन । देउवालाई दैनिक सयौं नेता तथा कार्यकर्ताले महाराजगञ्जस्थित निवासमा भेट गरिरहेका छन् । तस्बिर र भिडियो बनाएर सामाजिक सञ्जालमा हालिरहेका छन् । देउवालाई भेट्न समय पाइन भन्न गगनले मिडिया ट्रायल गरेक हुन् । मिडिया ट्रायल गर्न सातिर खेलाडी मानिने गगनको भित्री इच्छा कांग्रेस मिलोस् भन्ने नै छैन । अहिले पनि शीर्ष नेताहरूलाई पार्टीभन्दा बाहिर राखेर कांग्रेसलाई जसरी पनि कब्जा गर्ने रणनीतिमा छन् ।
देउवाको महामन्त्री बनेर काम गरिसकेका गगनलाई भेट्न पाइन भनेर फण्डा गर्नुको कुनै अर्थ छैन । गगनले सिधै भने हुन्छ, देउवालाई भेट्न पनि मन छैन, कांग्रेस पनि मिलाएर लैजान्न भनेर । टन्टै साफ । गगन बोल्न जानेका छन्, मिडियाबाजी र फण्डा गर्न सिपालु छन् । देउवा बोल्दैनन् । मिडियाबाट गर्न पनि जान्दैनन् । देउवाका विषयमा गगनलाई कुनै विषय थाहा छैन होला त ?
गगनको योजना र रणनीति सबैलाई थाहा छ । गगनले कांग्रेसमा शीर्ष नेताहरूलाई आउन दिँदैनन् । शीर्ष नेताहरू आउने हो भने १५औँ महाधिवेशनम गगनसहितको उनको कथित विशेष महाधिवेशनबाट आएको सिङ्गो कार्यसमिति अपबाद बाहेक सबैले हावा खानेछ । कथित विशेष महाधिवेशनबाट आएको कार्यसमितिले आफ्नो औकात राम्रोसँग बुझेको छ ।
सोही कारण देउवालाई भेट्न कसैसँग समय लिनु पनि पर्दैन । साइत पनि हेर्नु पर्दैन । सिधै महाराजगञ्ज निवास वा चुनदेवीको सम्पर्क कार्यालय जाने देउवासँग भेट्न । कांग्रेसको साउन २९, ३० र ३१ गते सुकेधारामा सम्पन्न राष्ट्रिय सम्मेलनले पारित गरेका प्रस्तावहरू कार्यान्वयन गर्ने, कांग्रेस मिलाउने कुरा सिधै छ । कुरा खत्तम ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया