अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा होइन, संवैधानिक हैसियत र आँट कायम राख्नुपर्छ : सांसद सिंह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्वतन्त्रता र मर्यादा जोगाउन आग्रह गरेका छन् ।

बिहीबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद सिंहले संसदीय समिति ओभरसाइट निकाय भएकाले यहाँ आउनु स्वाभाविक भए पनि प्रधानमन्त्री वा मन्त्रीले बोलाउँदैमा उनीहरू मातहतजस्तो भएर जान नहुने बताए ।

अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा नभएकाले आफ्नो संवैधानिक हैसियत र आँट कायम राख्नुपर्ने उनले बताए ।

पूर्वप्रधानमन्त्रीहरूले अख्तियार प्रमुखलाई आफूअनुकूल काम गरिदिन र संसदीय सुनुवाइ पास गराइदिन आग्रह गर्ने प्रवृत्ति रहेको सांसद सिंहले बताए ।

Published : Thursday, 2026 August 20, 6:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया