राहदानी छपाइ घोटाला प्रकरणमा महानिर्देशकसहितलाई थुनामा राख्न अनुमति

काठमाडौं । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनिलकुमार केसीलाई ४ दिन थुनामा राख्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुमति पाएको छ ।

मंगलबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले उनीहरूलाई थुनामा राख्न अनुमति दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २० दिन थुनामा राख्न अनुमति मागेकोमा अदालतले सोमबारबाट लागू हुने गरी ४ दिन दिएको विशेष अदालतमा प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिएका छन् ।

उनीहरूलाई राहदानी छपाइमा भ्रष्टाचारजन्य कसूरमा अनुसन्धान गर्न अनुमति दिएको लामिछानेले बताएका छन् । राहदानी छापाइ भ्रष्टाचारमा अख्तियारले छानविन गरेपछि धेरैको सातोपुत्लो उडेको छ ।

Published : Tuesday, 2026 June 16, 8:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया