मन्त्री राणाद्वारा महावली हनुमानको ३६ फिट अग्लो शालिकको प्राणप्रस्तिस्थापन
चन्द्रौटा । लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानीमन्त्री रोज राणाले महावली हनुमानको पूर्णकदको शालिकको प्राणप्रतिस्थापन गरेका छन् ।
बुधबार कपिलवस्तुको शिवराज नगरपालिकाको चन्द्रौटा बजारमा मन्त्री राणाले हनुमानको शालिकको प्राणप्रतिस्थापन गरेका हुन् । उनले बटुकहरुसहित पूजापाठ गरेर महावली हनुमानको शालिकको उद्घाटन गरेका हुन् ।
मन्त्री राणाले शिवराज नगरपालिकाको पर्यटनका लागि महावली हनुमानको शालिकले सहयोग पुग्ने आफूले अपेक्षा लिएको बताए । उनले भावी दिनमा पनि शिवराज नगरपालिकाको विकासमा सहयोग गर्ने आश्वासन दिएका छन् ।
लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा महावली हनुमानको शालिक निर्माण सम्पन्न भएको शिवराज नगरपालिकाका मेयर अजय थापाले बताए । महावली हनुमानको शालिक ३२ फिट अग्लो रहेको बताए । उनले शालिक निर्माणका लागि सहयोग गर्ने लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानीमन्त्री रोज राणलाई धन्यवाद दिएका छन् ।
कार्यक्रममा स्थानीय सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो । प्राणप्रस्तिथापन कार्यक्रममा सहभागीहरुले हनुमानको शालिकले स्थानीय पर्यटनमा सहयोग मिल्ने अपेक्षा लिएको बताएका छन् । मन्त्री राणालाई शिवराज नगरपालिकाले सम्मान समेत गरेको छ ।





बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया