अख्तियारद्वारा सरकारी कर्मचारी चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायक सञ्जय चौधरीविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
सोमबार अख्तियारले चौधरीविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको प्रेस विज्ञप्तिमार्फत जनाएको छ । चौधरीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम जरिवाना सजाय मागदाबी गरिएको छ ।
अख्तियारले चौधरीलाई चैत १६ गते उद्योग नवीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस, रिसवत मागेर हैरानी दिएको सूचनाका आधारमा पक्राउ गरेको जनाएको छ । उनले पक्राउ पर्दा ३० हजार घुस रकम लिइसकेको पनि आयोगले जनाएको थियो ।
Published : Monday, 2026 April 27, 9:08 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया