अन्तरिक्षमा क्यान्सरको औषधि विकसित, थोरै खर्चमा छिटो उपचार

न्यूयोर्क । अमेरिकी अन्तरिक्ष एजेन्सी नासा र औषधि उत्पादक कम्पनी मर्कको संयुक्त प्रयासमा अन्तरिक्षमा प्रोटिन क्रिस्टलको वृद्धिसम्बन्धी अध्ययनबाट क्यान्सरको औषधि विकास भएको छ ।

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा गरिएको अनुसन्धानले क्यान्सर उपचारको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको हो । क्यान्सरको नयाँ खोपलाई अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए)ले गत सेप्टेम्बरमा स्वीकृति दिएको छ । अब क्यान्सर बिरामीले दुई घण्टासम्म चल्ने लामो इन्फ्युजन लिनुपर्ने बाध्यता हटेको छ ।

अब १÷२ मिनेटमै इन्जेक्सनमार्फत बिरामीलाई औषधि दिएर उपचार सम्भव भएको छ । क्यान्सर उपचारलाई सरल, छिटो र कम खर्चिलो बनाउनेछ ।

क्यान्सरको नयाँ उपचार औषधि कम्पनी मर्कको पेम्ब्रोलिजुमाब नामक औषधिको इन्जेक्सन हो । यसलाई बिरामीको छालामुनि सबक्युटेनियस इन्जेक्सनमार्फत् दिइन्छ । यो औषधि इम्युनोथेरापीको श्रेणीमा पर्छ । पेम्ब्रोलिजुमाब औषधिलाई मेलानोमा तथा फोक्सोको क्यान्सर जस्ता विभिन्न क्यान्सर रोगको उपचारमा प्रयोग गर्ने गरिएको छ ।

मर्क कम्पनीले सन् २०१४ देखि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनलाई प्रयोगशालाका रूपमा प्रयोग गर्दै अनुसन्धान गर्दै आएको छ । कम्पनीले प्रयोगशालामा तयार गरिने मोनोक्लोनल एन्टिबडीका प्रोटिन क्रिस्टलहरू अन्तरिक्षको वातावरणमा उत्पादन गरेको थियो । एन्टीबडीले शरीरको रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ ।

अन्तरिक्षमा गरिने अनुसन्धानले पृथ्वीमा औषधि विकासलाई छिटो र गुणस्तरीय बनाउन मद्दत गर्दछ । जसले क्यान्सर जस्ता जटिल रोगहरूको उपचारलाई सरल र प्रभावकारी बनाउँछ । अन्तरिक्ष यात्रीहरूको चन्द्रमा तथा मंगल अभियान जस्ता दीर्घकालीन मिसनहरूको तयारीमा पनि सहयोग पु¥याउँछ ।

समग्रमा अन्तरिक्षको खोज अनुसन्धानले केवल अन्तरिक्षयात्रीलाई मात्र होइन पृथ्वीका सामान्य मानिससम्म पनि लाभ पु¥याइरहेको छ । भविष्यमा यसबाट अझ धेरै नयाँ औषधि र उपचार विकसित हुने सम्भावना छ । क्यान्सरका बिरामीहरूको लागि पछिल्लोपटक विकशित यो नयाँ इन्जेक्सन पनि ठूलो आशाको संकेत बनेको छ ।

Published : Sunday, 2026 January 11, 8:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया