एमालेका नेता एवम् पूर्वमन्त्री गुप्ताद्वारा पार्टी परित्याग
तौलिहवा । एमालेका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वसांसद बृजेशकुमार गुप्ताले पार्टी परित्याग गरेका छन् ।
एमालेको नेतृत्व सुध्रिने लक्षण नदेखेपछि पार्टी परित्याग गरेको गुप्ताले बताएका छन् । पार्टी परित्याग गरे पनि कुन दलमा प्रवेश गर्ने हुन् केही खुलाएका छैनन् । कपिलवस्तु निवासी गुप्ताले एमालेको पार्टी नेतृत्वलाई राजीनामा बुझाएको बताए ।
गुप्ताले २०५६ सालदेखि राजनीति शुरु गरेका थिए । शुरुमा राप्रपा, त्यसपछि तमलोपा र दुईपटक उनले एमालेबाट सांसद जितेका थिए ।
पाँचौ पटक २०७९ को चुनावमा भने भने नेपाली कांग्रेस नेता सुरेन्द्रराज आचार्यसँग झिनो मतले पराजित भएका थिए ।
गुप्ताले २०५६ र २०७४ मा प्रतिनिधि सभा सदस्य तथा २०६४ र २०७० मा दुईपटक संविधान सभा सदस्यमा जितेका थिए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया