कांग्रेसले आफूले खेल्नुपर्ने भूमिका राम्रोसँगै खेल्दै, उपलब्धिको रक्षा गर्ने छौँ : सभापति बानियाँ

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँले सहकार्य सहमति र एकताको सन्देश सहित सभापति गगन थापाले छाति फराकिलो पारेको बताएका छन् ।

आइतबार काठमाडौंमा कांग्रेसको १५औं महाधिवेशनको उद्घाटन सत्रमा स्वागत मन्तव्य दिँदै बानियाँले भने, ‘उहाँले विद्यार्थी राजनीतिदेखि कांग्रेसको नेतृत्व गर्दै देशको नेतृत्व गर्छौं भन्नुभएको छ ।’

पार्टीले यसअघि पनि प्राप्त उपलब्धिलाई संस्थागत गरेर जनताको पक्षमा लागेको र अब पनि सोही काममा लाग्ने सभापति बानियाँले बताएका छन् ।

उनले भने, ‘नेपाली कांग्रेसले आफूले खेल्नुपर्ने भूमिका राम्रोसँगै खेल्दै, उपलब्धिको रक्षा गर्दै हिजो पनि बढ्यो, आज पनि बढ्छ ।’

Published : Sunday, 2026 October 4, 6:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया