कांग्रेस नेता महरले महामन्त्री पदमा उम्मेदवारी दिने, सहयोगको अपील

काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले १५औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

नेता महरले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् । कांग्रेसको १५औँ महाधिवेशन काठमाडौंमा आइतबारबाट शुरु हुन लागेको छ । सोमबार मनोनयन दर्ताको कार्यक्रम छ ।

नेपाल विद्यार्थी संघको पूर्वअध्यक्ष महर गत महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्य हुन् । महर कांग्रेसको केन्द्रीय शिक्षा विभागका प्रमुख समेत हुन् । महरले ‘मिसन महामन्त्री’ बनाई प्रचार गरिसकेका छन् ।

पार्टीको महाधिवेशनको समय सार्ने मनोवृत्ति अन्त्य हुनुपर्ने माग सहित महरले उम्मेदवारी घोषणा गरेका छन् । राजनीति गर्नेले माथिल्लो पदमा पुग्नका लागि क्रियाकलाप गर्नु स्वभाविक हुने भएकाले आफूले महामन्त्री पदमा दाबी गरेको उनले बताए ।

चार वर्षभित्र महाधिवेशन हुँदा आउने मंसिरबाट निर्वाचित कार्यसमिति आउनुपर्ने हुन्छ । विधानले एक वर्षे अवधि थप्न सकिने व्यवस्था गरेको छ । पार्टीभित्र नियमित समयमै महाधिवेशन हुनुपर्ने र मंसिरभित्र १५ औं महाधिवेशनको हुने सम्भावना नरहेको दुई थरी मत छन् ।

महामन्त्री पदका लागि आकांक्षा राख्ने नेताहरू धेरै भएपनि सार्वजनिक रुपमा बोल्ने महर पहिलो व्यक्ति हुन् । कांग्रेसको विधान अनुसार निर्वाचित दुई महामन्त्री हुने व्यवस्था छ ।

Published : Sunday, 2026 October 4, 12:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया