मेडिकल व्यवसायी खुमा अर्यालले कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
काठमाडौं । मेडिकल व्यवसायी खुमाप्रसाद अर्यालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
स्याङ्जा क्षेत्र नम्बर २ का स्थायी बासिन्दा अर्याल विद्यार्थी जीवनदेखि नै कांग्रेसको राजनीति र सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका छन् ।
नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका उनले पार्टीभित्र आर्थिक व्यवस्थापन, उद्यमशीलता, शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रको अनुभवलाई नेतृत्व तहमा उपयोग गर्ने एजेण्डासहित उम्मेदवारी घोषणा गरेका हुन् ।
चार्टर्ड एकाउन्टेन्टका रूपमा व्यावसायिक यात्रा सुरु गरेका अर्यालले ‘अर्याल एन्ड अर्याल चार्टर्ड एकाउन्टेन्ट्स’ स्थापना गरेका छन् । उनले विभिन्न उद्योग तथा व्यापारिक प्रतिष्ठानलाई वित्तीय तथा व्यावसायिक सेवा प्रदान गर्दै आएका छन् ।
उनको लगानी स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रमा समेत विस्तार भएको छ । भैरहवा मेडिकल कलेज, गण्डकी मेडिकल कलेज, नेपालगञ्ज मेडिकल कलेज, लर्ड बुद्ध मेडिकल कलेज र सञ्जीवनी मेडिकल कलेजलगायत स्वास्थ्य संस्थामा उनको लगानी रहेको बताइएको छ ।
कृषि क्षेत्रमा पनि अर्यालको लगानी छ । स्याङ्जामा आधुनिक पोल्ट्री फार्म सञ्चालन गरेका उनले जनकपुरमा ठूलो क्षमताको लेयर्स फार्म स्थापना गरेका छन् । हेटौंडास्थित दाना उद्योगलगायत अन्य उत्पादनमूलक परियोजनामा पनि उनको लगानी रहेको छ ।
कांग्रेस राजनीतिमा अर्याल यसअघि समानुपातिक संविधानसभा सदस्यका उम्मेदवारसमेत बनेका थिए । पार्टीमा उनले कार्यवाहक कोषाध्यक्ष तथा आर्थिक संयोजकको जिम्मेवारीसमेत सम्हालेको नेपाल लाइभले उल्लेख गरेको छ ।
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया