कांग्रेस नेता खतिवडाद्वारा सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद रामहरि खवितडाले सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
आइतबारबाट शुरु हुन लागेको कांग्रेसको १५औँ महाधिवेशनका क्रममा खतिवडाले सहमहामन्त्रीमा उम्मेदवारी दिन लागेको जनाएका हुन् । उनले भने, ‘साथीहरूसँग सरसल्लाहमा छु । सहमहामन्त्री पदमा उम्मेदवारी दिन सुझाव आएको छ । सहमहामन्त्री पदमा उम्मेदवारी दिनेछु ।’
ओखलढुङ्गा जिल्लाबाट लोकप्रिय मतसहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका खतिवडा यसअघि कांग्रेसको केन्द्रीय सदस्य रहेका थिए ।
नेता खतिवडाले कांग्रेसभित्रको बृहत एकता, संकटमा रहेको मुलुकलाई कांग्रेसले सहि दिशा दिने लगायतका विषयमा नेतृत्व गर्नुपर्ने बताएका छन् । त्यसका लागि पनि आफूले सहमहामन्त्री पदमा उम्मेदवारी दिन लागेको बताए ।
नेता खतिवडाले पार्टीका साथीहरूसँगको सरसल्लाहमा सहमहामन्त्री पदमा उम्मेदवारी दिन लागेको बताएका छन् ।
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया