लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीताद्वारा कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
काठमाडौं । लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष समेत रहेकी नेपाली कांग्रेसकी नेतृ रीता थापा मगरले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छिन् ।
गायिका समेत रहेका नेतृ थापाले कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।
धादिङ क्षेत्र नं. २ बाट खुल्ला महिलातर्फ सर्वाधिक मत प्राप्त गर्दै केन्द्रीय महाधिवेशन प्रतिनिधिमा चुनिएकी नेतृ थापाले खुल्ला महिलातर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएकी हुन् ।
दुई दशकभन्दा लामो समयदेखि नेपाली लोकदोहोरी क्षेत्रमा सक्रिय थापा मगरको थुप्रै लोक दोहोरी गीत चर्चित छन् ।
कांग्रेसको इतिहास, संघर्ष र आदर्शलाई आत्मसात् गर्दै अग्रजहरूले देखाएको बाटो पहिल्याउँदै युवापुस्ता, महिलाको सम्मानजनक सहभागिता, अवसर र नेतृत्वलाई अझ बलियो बनाउने नेतृ थापाले बताएकी छिन् ।
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया