पूर्वमन्त्री एवम् केन्द्रीय सदस्यद्वारा प्रचण्ड नेतृत्वको नेकपा परित्याग
काठमाडौं । पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री उमेशप्रसाद यादव जनता समाजवादी पार्टी, नेपाल (जसपा)मा प्रवेश गरेका छन् ।
मंगलबार ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालयमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नेकपाका केन्द्रीय सदस्य उमेशप्रसाद यादवलाई सदस्यता प्रदान गरेका छन् ।
अध्यक्ष उपेन्द्र यादवले उमेशप्रसाद यादव जसपा नेपालमा प्रवेशले पार्टी संगठन सुदृढ हुनुका साथै मधेस आन्दोलन र समावेशी लोकतन्त्रको संघर्ष बलियो हुने बताए ।
सप्तरी जिल्ला निवासी पूर्वमन्त्री उमेशप्रसाद यादव लामो समयदेखि वामपन्थी राजनीतिमा सक्रिय रहँदै आएका थिए । उनको जसपा नेपाल प्रवेशलाई मधेस प्रदेशमा जसपा नेपाल बलियो रुपमा प्रस्तुत भएको नेताहरूको भनाइ छ ।
उमेशप्रसाद यादव नेकपाका अध्यक्ष दाहाल नेतृत्वको पार्टीका केन्द्रीय सदस्य, पूर्व सिंचाइमन्त्री र संविधान सभा सदस्य हुन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया