एमाले अध्यक्ष ओलीविरुद्ध गतिविधि गर्दा संस्थापनले देखाइदियो पाण्डेलाई शक्ति

चितवन । एमालेको महासचिव पदमा उम्मेदवार बनेर पराजित भएका नेता सुरेन्द्र पाण्डेको नाम प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिसमा छुटेको छ ।

आइतबार एमाले चितवनले उम्मेदवारको नाम सिफारिस गर्दा पाण्डेको नाम छुटाएको हो । पाण्डे चितवन क्षेत्र नम्बर १ बाट फागुन २१ गतेको निर्वाचनमा प्रत्यक्षतर्फ इच्छुक रहेका थिए । उम्मेदवार सिफारिसको नामावलीमा नेता पाण्डेको नाम छुटाएको छ ।

भेलामा उपस्थित पार्टी नेताहरूबाट इच्छा राखेका ६ जनाको नाम सिफारिस गरेको छ । भेलाले नेता पाण्डेको नाम राखेको छैन । पाण्डेको निर्वाचन क्षेत्र नै चितवन क्षेत्र नम्बर १ हो ।

सिफारिसमा परेका ६ जनामा एमाले बागमती प्रदेश उपाध्यक्ष तथा पूर्व प्रदेश मन्त्री दावा दोर्जे लामा, पार्टी जिल्ला अध्यक्ष कमलराज पाठक, पार्टी क्षेत्र नम्बर १ का प्रदेश (१) संयोजक कृष्णलाल चौधरी, केन्द्रीय विभागका निवर्तमान सदस्य डा. किशोरचन्द्र खनाल, क्षेत्रीय कमिटी सचिव भरत भण्डारी र बागमती प्रदेश कमिटी सदस्य लक्ष्मी कोइराला पोखरेल छन् ।

एमालेका अध्यक्ष केपी ओलीविरुद्ध महाधिवेशन र अन्य बेलामा समेत गतिविधि गर्दै आएका नेता पाण्डेलाई एमालेको संस्थापन पक्षले शक्ति देखाइदिएको छ । नेता पाण्डे पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी निकटका हुन् । एमालेको महाधिवेशनमा पाण्डे ईश्वर पोखरेल अध्यक्ष रहेको प्यानलबाट उम्मेदवार बनेर महासचिव पदमा पराजित भएका थिए ।

Published : Sunday, 2026 January 4, 10:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया