तीन करोड २६ लाख गोलमाग गर्ने नगर प्रमुखसहित १४ जनाविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकाको भवन निर्माणमा अनियमितता ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन नगर प्रमुखसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
आइतबार अख्तियारले विशेष अदालत, काठमाडौंमा नगरपालिकाको भवन निर्माण ठेक्कामा मिलेमतो गरी भ्रष्टाचार गरेको भन्दै तत्कालीन नगरप्रमुख दीपकविक्रम शाह, प्रमुख प्रशासकीय अधिकृत प्रेमकाजी महर्जन, निमित्त प्रमुख प्रशासकीय अधिकृत कल्पनाकुमारी ठकुल्ला, प्रशासकीय अधिकृत नरेन्द्र नाथलगायत १४ जनाविरुद्ध आरोप–पत्र दायर गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
पूर्वनिर्धारित योग्यताको आधारमा अमुक निर्माण व्यवसायीसँग मिली देशमा कतै नभएको योग्यताको आधार लिई, अनावश्यक रूपमा प्रतिस्पर्धा साँगुरो पारी ठेक्का लगाउने काम भएको उजुरी छानबिन गर्दा उनीहरू दोषी देखिएको अख्तियारले जनाएको छ ।
जाग्रिति÷एम.के.नेपाल जे.भी., धनगढी, कैलाली उपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी पु¥याई भ्रष्टाचार गरेको आरोप–पत्रमा उल्लेख छ ।
अख्तियारले ३ करोड २६ लाख ७८ हजार १७१ रुपियाँ अनियमितता गरेको ठहर गरेको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया