कांग्रेस क्षेत्रीय सभापति गुरुङद्वारा रकम असुलीसम्बन्धी समाचारको खण्डन
काठमाडौं । नेपाली कांग्रेस, रुपन्देही क्षेत्र नं. ३ का क्षेत्रीय सभापति सुशील गुरुङले आफूविरुद्ध समाचार प्रकाशित भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
शुक्रबार खण्डन पठाएर क्षेत्रीय सभापति गुरुङले एकतर्फी रुपमा व्यक्तिको चरित्रहत्या गर्ने उद्देश्यका साथ प्रकाशित समाचार पूर्णरुपमा कपोल्कल्पित, भ्रमपूर्ण तथा तथ्यहीन रहेको बताए ।
‘पौष १७ गते ‘रिपब्लिका दैनिक अनलाइन’ (अनामनगर, काठमाडौं) मा मेरो नाउँ जोडिएर प्रकाशित समाचारप्रति मेरो गंभिर ध्यानाकर्षण भएको छ,’ उनले भने, ‘पत्रकारिताको सामान्य सिद्धान्त पनि परिपालन नगरी एकतर्फी रुपमा व्यक्तिको चरित्रहत्या गर्ने उद्देश्यका साथ प्रकाशित समाचार पूर्णरुपमा कपोल्कल्पित, भ्रमपूर्ण तथा तथ्यहिन भएको जनाउँदछु ।’
‘सत्य–तथ्य नबुझिकन, संस्था र व्यक्ति भनेको अलग–अलग पाटो हो भनेर नछुट्टाईकन, व्यक्तिगत रुपमा मेरो फोटो राखिएर, अर्को पक्षको भनाइसमेत बुझ्ने प्रयास समेत नगरी प्रकाशित समाचारले सम्बन्धित व्यक्तिको परिवार, समाजलाई कस्तो प्रभाव पर्ला भन्ने समेत मुल्याङ्कन नगरी छापिएको समाचारले मानमर्दन गरेको निष्कर्ष छ,’ उनले भने ।
क्षेत्रीय सभापति गुरुङले प्रतिनिधि सभा उम्मेदवारको नाम जिल्ला कार्यसमितिमा सिफारिस गरेर पठाउन इच्छुक उम्मेदवारहरूसँग ३० हजारका दरले रकम उठाएको समाचार प्रकाशित भएको थियो । सो रकम फिर्ता माग गर्दै सामाजिक सञ्जालमा संविधान सभा सदस्य एवम् नेतृ जन्नतुन निशाले कांग्रेस क्षेत्र नं. ३ को खातामा ३० हजार जम्मा गरेको भौचर र चेक सार्वजनिक गरेकी छिन् । निशाले रकम फिर्ता गर्न माग गरेको समाचार प्रकाशित भएपछि क्षेत्रीय सभापति गुरुङले एकतर्फी समाचार भयो भनेर खण्डन गरेका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया