विदेशमा रहेका नेपालीलाई १० प्रतिशत समानुपातिक सांसद दिने रास्वपाको आश्वासनले हावा खायो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रवासबाट फर्किने नेपालीहरूलाई समानुपातिक निर्वाचन प्रणालीमा १० प्रतिशत कोटा उपलब्ध गराउने भनेका थिए ।
तर, रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको बन्द सूचीमा प्रवासबाट फर्किएका एकजनाको मात्रै नाम समावेश गरिएको छ । दलित कोटामा त्यो पनि ६ नम्बरमा नाम उल्लेख छ ।
प्रवासको कोटामा जर्मनीका किशोर गन्धर्वको नाम उल्लेख छ । ११० जनाको सूचीमा गन्धर्व नाम दलित कोटाको ६ नम्बरमा छ । समग्र सूचीमा उनको नाम ७८ नम्बरमा छ । प्रवासका लागि लागि ११ जनाको नाम सिफारिस भएको थियो ।
गन्धर्वलाई समानुपातिक सांसदमा बन्नै नसक्ने स्थानमा लगेर सभापति लामिछानेले राखेका छन् । विदेशमा रहेका नेपालीहरूको सहानुभूतिको भोट तान्न सभापति लामिछानेले प्रवासलाई १० प्रतिशत दिने भने पनि त्यो आश्वासनमा मात्रै सीतिम भएको छ ।
रास्वपाका सभापति लामिछानेले प्रवासलाई दिएको १० प्रतिशतमा सबैको नाम राख्न सकेनन् । किन भने उनको बोल र व्यवहार फरक छ । विदेशमा रहेका नेपालीहरूको सहानुभूति लिएर रास्वपालाई ठूलो दल बनाउने र आफ्नो उद्देश्य पूरा गर्ने रणनीतिमा लामिछाने छन् । उनले सोही कारण सबैलाई प्रलोभन देखाइरहेका छन् । रास्वपाको प्रलोभनमा परेर धेरैको बिचल्ली भएको छ ।
सभापति लामिछानेले दिएको आश्वासन अनुसार समानुपातिक कोटाबाट सांसद बन्न पाइन्छ कि भनेर अब्दुल करिम मिया (कतार), भुपाल भण्डारी (साउदी अरब), दीपक सुनुवार (अमेरिका), प्रेमराज ढकाल (दुबई), राजु कार्की (कुवेत), अनिश अधिकारी (कपिलवस्तु), रमेश बेल्वासे (बेलायत), होमनाथ अधिकारी (नर्वे), किशोर गन्धर्व (जर्मनी), अर्नुन भण्डारी (भारत) र शुभाष पन्थी (भारत) रहेका छन् ।

बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया