एमालेका नेता एवम् पूर्वमन्त्रीलाई भ्रष्टाचार मुद्दामा थुनामा राख्न आदेश
काठमाडौं । विशेष अदालत, काठमाडौंले घुस लिएर भ्रष्टाचारका आरोपी पूर्वमन्त्री एवम् एमालेका नेता राजकुमार गुप्तालाई थुनामा राख्न आदेश दिएको छ ।
बुधबार विशेष अदालतमा उपस्थित भएका पूर्वमन्त्री गुप्ताको बयानपछि थुनछेक बहस भएको थियो । उनलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश भएको छ । गुप्ता पोखराको बाटुलेचौर जग्गा प्रकरणमा मुछिएका थिए ।
बुधबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले पूर्वमन्त्री गुप्तालाई थुनामा पठाउनु पर्ने आदेश गरेको छ ।
असार ३१ गते बिचौलियासँग घुससम्बन्धी संवाद सार्वजनिक भएपछि विवादमा तानिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गुप्ताले राजीनामा दिएका थिए ।
गुप्ता र बिचौलियाबीच आर्थिक लेनदेनसम्बन्धी अडियो सार्वजनिक भएपछि उनलाई बर्खास्त गर्न माग उठेको थियो । बिचौलियाले भूमि आयोग कास्कीको अध्यक्षमा खेमबहादुर पुनलाई नियुक्त गराउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई फोन गरिदिन मन्त्री गुप्तासँग आग्रह गरेको अडियो त्यतिबेला सार्वजनिक भएको थियो ।


बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया